
काठमाडौं - कर्मचारी सञ्चय कोषले सम्बन्धित सञ्चयकतालाई आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । कोषले आज सूचना जारी गरेर कोषमा रकम जम्मा गर्ने सम्पूर्ण सञ्चयकर्तालाई व्यक्तिगत विवरण र सम्बन्धित कार्यालयको विवरण अद्यावधिक गर्न आग्रह गरेको हो ।
केवाइसी फारम भरेर कोषको कार्यालय वा उपत्यका बाहिरका सबै कार्यालयमा जम्मा गर्न सकिने कोषले जनाएको छ । धनकुटा, विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, बुटवल, कोहलपुर, सुर्खेत र धनगढीमा बुझाउन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ ।
