२२ जेठ २०८३, शुक्रबार

तराईमा वितण्डा नरोके प्रतिकार गर्ने एमाले घोषणा

कात्तिक २०, २०७४
तराईमा वितण्डा नरोके प्रतिकार गर्ने एमाले घोषणा
काठमाडौं, २७ फागुन-प्रमुख प्रतिपक्षी दल एमालेले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा भइरहेको सत्तारुढ दलको आक्रमण र वितण्डा नरोकिए कडा प्रतिवाद गर्ने घोषणा गरेको छ ।uml-party-office-in-dhumbar

संविधान र निर्वाचनको पक्षमा चलाइएको मेची महाकाली राष्ट्रिय जागरण अभियान बिथोल्न सप्तरीको राजविराजमा सत्तारूढ दलहरूबाट सुनियोजित आक्रमण भएको र अहिले पनि वितण्डा जारी रहेको भन्दै एमालेले आक्रमण जारी रहे कडा प्रतिवाद गर्ने घोषणा गरेको हो ।

‘सप्तरीमा गुन्डा र आतंककारी परिचालन गरी हाम्रो सामूहिक हत्याको योजना बनाइएको तथ्य खुलिसकेको छ, घटनामा संलग्न सबैमाथि कडा कारबाही हुनुपर्छ,’ बिहिबारको सभामा एमाले अध्यक्ष केपी ओलीले भने, ‘म प्रस्टै भन्न चाहन्छु, प्रधानमन्त्रीजी, एमालेले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने हो ? त्यसो हो भने एमाले बाँच्न जान्दछ, लड्न आउनेलाई कसरी लडाउने भन्ने सिप पनि एमालेसँग छ, हामीले यो निर्णय लिएको दिन तपाईको अस्तित्व चाहिँ समाप्त हुनेछ ।’

ओलीले सरकारमा बसेर, सरकारी सुविधा लिएर प्रमुख प्रतिपक्षको सभा बिथोल्ने र नेतृत्वको सामूहिक हत्या गर्ने योजना बनाउने काम बन्द गर्न पनि चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्