०६ असार २०८३, शनिबार

विद्यार्थी बोकेको भ्यान दुर्घटना, श्रीराम स्कूलका ६ विद्यार्थी घाइते

विद्यार्थी बोकेको भ्यान दुर्घटना, श्रीराम स्कूलका ६ विद्यार्थी घाइते

विराटनगर – विराटनगरको मिल्स एरियामा बिहीवार बिहान विद्यार्थी बोकेको भ्यान दुर्घटना भएको छ ।

विराटनगर १५ मा रहेको श्रीराम स्कूलको म्याजिक भ्यान विद्यार्थी लिएर विद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । 

को१च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको माटोको ढिस्कोमा ठोक्किँदा पल्टिएको विद्यालयका प्रिन्सिपल मनोजकुमार साहले जानकारी दिए ।

दुर्घटनामा ६ जना विद्यार्थी घाइते भएका छन् । ४ जनाको अवस्था सामान्य भएपनि अन्य २ जनाको टाउकोमा गम्भीर चोट लागेको विद्यालयले जनाएको छ । घाइते हुनेमा कुनल साह, आयुष यादव, मजहर अग्रहरी, कृष्ण राजवंशी र विपल रनपाल छन् ।  

कोशी अञ्चल अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्