०५ असार २०८३, शुक्रबार

उखुबारीमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

उखुबारीमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लहान –उखुबारीमा सिंचाइ गर्न जडान गरिएको विद्युतीय तारमा करेन्ट लागेर सिरहाको लहान नगरपालिका– २३ मा एक युवकको मृत्यु भएको छ । 

गाढा तिलेवनास्थित उखुबारीमा करेन्ट लागेर सिरहाको सखुवानान्करकट्टी गाउँपालिका ४ सिम्राही निवासी १८ वर्षीय मोहमद मजलुमको मृत्यु भएको हो । स्थानीयवासी १७ वर्षीय मोहमद रहमद र १९ वर्षीय मोहमद जवाहरले उक्त उखुबारीमा सिंचाई गर्न गए राति जडान ग।रेको पानी तान्ने मोटरमा करेन्ट प्रवाह भएका अवस्थामा उखुबारी पुगेका मजलुमलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते मजलुमलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्