काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई दक्षिण एसियाली एकाउन्टेन्ट संघ (साफा)ले पुरस्कृत गरेको छ ।
संघले भारतको पुणेमा आयोजित कार्यक्रमका बीच बैंकलाई साफा बेष्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्डद्धारा पुरस्कृत गरिएको हो ।
सो सँगै सिटिजन्स बैंक लिमिटेडले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ ।
सार्क क्षेत्रमा क्रियाशील रहेका व्यावसायिक लेखा निकायहरूको छाता संगठनको रूपमा स्थापित साफाले हरेक वर्ष दक्षिण एसियामा प्रकाशित वार्षिक प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा पुरस्कार वितरण गर्दै आएको छ ।
साफाले उक्त पुरस्कार वार्षिक लेखा प्रतिवेदनमा समावेश भएका उद्देश्य, जोखिम व्यवस्थापन, लेखा सम्बन्धि टिप्पणी, पारदर्शिता, जवाबदेहीता, संस्थागत सुशाशनलगायतका आधारमा मूल्यांकन गरी उत्कृष्ट छनौट भएको वार्षिक प्रतिवेदनलाई पुरस्कार दिँदै आएको छ ।