२३ जेठ २०८३, शनिबार

चिनियाँ कम्पनीले क्याशको पहाड बनाएर कर्मचारीलाई बाँड्यो बोनस, प्रत्येकले पाए एक करोड रुपैयाँ

चिनियाँ कम्पनीले क्याशको पहाड बनाएर कर्मचारीलाई बाँड्यो बोनस, प्रत्येकले पाए एक करोड रुपैयाँ

काठमाडौं — चीनमा नयाँ वर्ष आउन लागेको छ र धेरैजसो कम्पनीहरूले आफ्ना कर्मचारीलाई बोनस दिइरहेका छन् । 

अनि चीनको जियाशी प्रान्तमा रहेको नान्चाङ शहरमा रहेको स्टील प्लान्ट कम्पनीले चाहिँ अनौठो तरिकाले बोनस बाँडेको छ । 

शांघाइस्टका अनुसार, स्टील प्लान्टले चार करोड ४० लाख डलरका बैंक नोटहरूबाट क्याशको पहाडै बनायो । त्यो क्याश सबै कर्मचारीलाई बोनसका रूपमा दिइयो । कम्पनीमा कुल पाँच हजार कर्मचारी छन् । 

सबै भाग्यमानी कर्मचारीले वर्षको अन्त्यमा बोनसका रूपमा एक करोड रुपैयाँ पाए । 

एक कर्मचारीले शांघाइस्टलाई बताए, ‘कति धेरै बोनस पाइयो । कहाँ खर्च गर्ने होला, सोच्नै सकेको छैन ।’

चिनियाँ कम्पनीले बोनस बाँड्नका लागि अनौठो तरिका अपनाएको यो पहिलो अवसर हैन । गत वर्ष एक कम्पनीले आफ्ना कर्मचारीहरूलाई एक गेम शोमा आधारित क्याश ग्य्राबमा भाग लिन लगाएको थियो । त्यसमा निश्चित समयभित्रमा जति सक्यो त्यति नगद बटुल्ने अवसर दिइएको थियो । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्