२५ असार २०८३, बिहीबार

अन्तर्राष्ट्रिय मिडियामा छाएका नेपालका यी दुई तस्वीर

अन्तर्राष्ट्रिय मिडियामा छाएका नेपालका यी दुई तस्वीर

काठमाडौं –नेपालमा चलिरहेको स्वस्थानी र माधव नारायण पूजाबारे अन्तर्राष्ट्रिय मिडियाले महत्त्वका साथ सामग्री प्रस्तुत गरेका छन् । 

अन्तर्राष्ट्रिय समाचार संस्था एपीले माधव नारायण पूजासम्बन्धी तस्वीरहरू प्रकाशित गरेको छ । 

फोटो पत्रकार निरञ्जन श्रेष्ठले भक्तपुरको हनुमन्ते खोलामा एक श्रद्धालु भक्तले पुरोहितको गोडामा पैसाका सिक्का र पानी छर्किएको तस्वीर खिचेका छन् ।

तश्वीरको क्याम्सनमा लेखिएको छ– एकजना नेपाली हिन्दु भक्त महिला भक्तपुरको हनुमन्ते खोलामा पुरोहितको गोडामा पानी र पैसाका सिक्का राखेर माधव नारायणको पूजा गर्दै । माधवनारायण पर्वमा भक्तजनले माता स्वस्थानी र भगवान् शिवको ग्रन्थ वाचन गर्छन् । पर्वमा हिन्दू धर्मको प्रसिद्ध स्वस्थानी पूजाको समयमा अविवाहित युवतीहरू योग्य पतिको कामना र विवाहित महिलाहरू पतिको दीर्घायुको कामना गर्दै एक महिना उपवास बस्छन् ।

salt training

कमेन्ट गर्नुहोस्