२७ जेठ २०८३, बुधबार

लापरवाही गर्ने ग्यास बोटलिङ प्लान्टमा सरकारी शिल

लापरवाही गर्ने ग्यास बोटलिङ प्लान्टमा सरकारी शिल

काठमाडौं– लापरवाही गरेर सञ्चालनमा रहेको ग्यास उद्योग प्लान्टमा सरकारले सिलबन्दी गरेको छ ।

धादिङमा सञ्चालनमा रहेको हिमालयन पेट्रोकेमिकल बोटलिङ प्लान्ट कानुन विपरित सञ्चालनमा रहेको पाइएपछि सरकारले सिलबन्दी गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागले धादिङमा सञ्चालनमा रहेका एलपीजी बोटलिङ प्लान्टहरुको अनुमगनमा हिमालयन पेट्रोकेमिकल प्राली कानुन विपरित सञ्चालनमा रहेको पाएको हो ।

सो पेट्रोकेमिकल प्रालीले नेपाल गुणस्तर प्रमाण चिन्ह ५३३ विपरित हुनेगरी पुरानो भल्भहरु र्ममत गरेर एलपीजीमा प्रयोग गर्ने गरेको हो ।

त्यस्तै हाइड्रोस्ट्याटिक परिक्षण नगरीकनै सिलिण्डरमा म्याद थप गरेको र सिलिण्डरको लीक परिक्षण नगरेको पाइएपछि उक्त एलपीजी बोट्लिङ प्लान्टमा सिलबन्दी गरी कारोवार रोक्का गरिएको विभागले जानकारी दिएको छ ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड विपरित बोटलिङ प्लान्ट सञ्चालन गरेको पाइएकाले उक्त प्लान्टको कारोवार रोक्का गरिएको बताए ।

उनले गुणस्तर प्रमाण चिन्ह ऐन २०३७ अनुसार उक्त प्लान्टको कारोवार रोक्का गरिएको बताए ।

गुणस्तर प्रमाण दिनमा सम्पूर्ण प्रक्रिया पुरा गरेपछि मात्रै उक्त प्लान्टको कारोवार खुला गरिने महानिर्देशक पुडासैनीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्