११ साउन २०८३, सोमबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

साउन ६, २०८३
काठमाडौं
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । हिजो मंगलबारको तुलनामा सुन तोलामा पाँच हजार ४०० र चाँदी ११० ले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९१ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ४८० निर्धारण भएको छ । 

हिजो प्रतितोला छापावाल सुनको मूल्य दुई लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको भाउ चार हजार ३७० निर्धारण भएको थियो । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबार एक औँस सुन चार हजार १३९ र चाँदी ५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्