२७ जेठ २०८३, बुधबार

त्रिपुरेश्वरमा बोरिङबाट पानी निकाल्दा आयो ग्यास, पानीमाथि बल्यो आगो [भिडियो सहित]

त्रिपुरेश्वरमा बोरिङबाट पानी निकाल्दा आयो ग्यास, पानीमाथि बल्यो आगो [भिडियो सहित]

काठमाडौं –त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय प्राङ्गणमा बोरिङबाट पानी निकाल्दा पानीसँगै ग्यास निस्केको छ । 

भन्सार विभागले नयाँ भवन निर्माण गरिरहेको छ । नयाँ भवन निर्माणका क्रमका लागि आवश्यक पानी बोरिङबाट निकाल्दा पानीसँगै ग्यास निस्केको हो ।

भन्सार विभागसँगै रहेको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उपकार्यकारी निर्देशक इन्दिरा अधिकारीले बोरिङका क्रममा ग्यासको गन्ध आउँदा त्यहाँ उपस्थित व्यक्तिले आगो बालेको जानकारी दिइन् ।

‘बोरिङ गरेर शुरूमा निस्केको फोहोर पानी फाल्ने क्रममा ग्यासको गन्ध आयो,’ उनले लोकान्तरसँग भनिन्, ‘त्यहाँ भएका व्यक्तिहरूले यहाँ त धेरै ग्यास छ कि के हो भनेर आगो लगाउँदा मज्जाले आगो बल्यो ।’

उनले आफू त्यहीँ रहँदा करीब १५ मिनेटसम्म निरन्तर आगो बलेको र त्यसपछि पनि बल्ने क्रममै रहेको बताइन् । ‘आगो बलेको देख्दा म त्यहाँ १० देखि १५ मिनेटसम्म बसेँ,’ उनले भनिन्, ‘त्यतिञ्जेलसम्म बलिरहेको थियो । म आएँ अहिले थाहा छैन बलिरहेको पनि हुनसक्छ ।’

यसअघि करीब दुई वर्षअघि त्रिपुरेश्वरसँगै जोडिएको टेकुमा पनि जमिनबाट ग्यास निस्केको थियो । त्यस्तै ललितपुरको इमाडोल लगायतका क्षेत्रमा जमिनमुनि ग्यास रहेको पुष्टि भइसकेको छ ।

हेर्नुहोस्, भिडियो :

salt training

कमेन्ट गर्नुहोस्