२६ जेठ २०८३, मंगलबार

कर्णालीमा आईएमई पे क्यान मेला लाग्ने, रोबोटद्वारा उद्घाटन गरिने

माघ १०, २०७५
कर्णालीमा आईएमई पे क्यान मेला लाग्ने, रोबोटद्वारा उद्घाटन गरिने

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आईएमई पे क्यान इन्फो टेक २०१९  लगाइने भएको छ ।

क्यान महासंघ सुर्खेतले बिहीवार आयोजना गरिएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै कर्णाली प्रदेश संयोजक पूर्ण अधिकारीले फागुण २४ देखि २८ गतेसम्म वीेरेन्द्रनगरको रंगशालामा मेलाको उद्घाटन रोबोटद्वारा गरिने तयारी गरिरहेको बताए ।

‘कर्णालीमा हामीले आयोजना गर्ने मेलाको उद्घाटन गर्न कर्णालीको इतिहासमै पहिलोपटक हामीले रोबोट ल्याउने तयारी गरिरहेका छौं,’ अध्यक्ष अधिकारीले भने । मेलामा १० वटै जिल्लाका करीब १ लाख रुपैयाँभन्दा बढीले अवलोकन गर्नेछन् ।

३७ लाख रुपैयाँ आम्दानी गर्ने र ३६ लाख रुपैयाँ खर्च गर्ने योजनासहित क्यानले मेलाको आयोजना गर्न लागेको उनले बताए । ‘हाम्रो संस्था विशुद्ध गैरनाफामूलक भएका कारण लागत ३७ लाखमध्ये ३६ लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छौं,’ अध्यक्ष अधिकारीले भने, ‘त्यसका लागि मेलामा सूचना प्रविधिका ७० भन्दा बढी स्टल रहनेछन् ।’

उनले कर्णालीका हरेक जनतालाई कसरी अत्याधुनिक प्रविधिसँग जोड्न सकिन्छ भन्ने कुरालाई केन्द्रमा राख्दै मेलाको आयोजना गरिएको अधिकारीले बताए । ‘हामी प्रदेश सरकारले लिएको समृद्ध नेपालका लागि डिजिटल कर्णाली अभियानलाई सहयोग गर्न चाहन्छौं । यो मेलाबाट सरकारलाई समेत सहयोग पुग्ने मेरो अपेक्षा छ,’ उनले भने ।

जिल्ला शाखा अध्यक्ष प्रेमप्रकाश चन्दले मेलामा आईएमई पे एप डाउनलोड गरी त्यहीँबाट टिकट लिनेलाई प्रवेश निःशुल्क हुने जानकारी दिए । एप डाउनलोड गरेर निःशुल्क टिकट पाउन सक्नेछन् । उनले भने, ‘अन्यका हकमा विद्यार्थी ड्रेस र परिचय पत्रसहित आए पूर्ण निःशुल्क, परिचय पत्रसहित आए आधा टिकट शुल्क लिने गरी टिकटदर ३० रुपैयाँ कायम गरेका छौं ।’

उनले हरेक स्टलमा रहेका सामान खरिद गर्नेका लागि ५ देखि ५० प्रतिशतसम्म छुट दिइने जानकारी दिए । मेलामा विभिन्न प्रविधिको प्रदर्शनी, स्मार्ट सेमिनार, निःशुल्क कम्प्यूटर तथा मर्मत क्याम्प, अन्तरविद्यालय प्रविधि प्रतियोगिता, विज्ञान प्रदर्शनी, फ्रि वाइफाइ जोन मुख्य आकर्षकका रुपमा रहने आयोजकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्