०७ असार २०८३, आइतबार

कूटनीतिज्ञलाई ओलीको ब्रिफिङ : मधेसी मोर्चा राजनीतिक हो कि आपराधिक समूह ?

कात्तिक २०, २०७४
कूटनीतिज्ञलाई ओलीको ब्रिफिङ : मधेसी मोर्चा राजनीतिक हो कि आपराधिक समूह ?

काठमाडौं, २७ फागुन- एमाले अध्यक्ष केपी ओलीले काठमाडौंमा उपलब्ध कूटनीतिक समुदायलाई सप्तरी घटनाबारे ब्रिफिङ गरेका छन् । मधेसी मोर्चाले आफूलाई राजनीतिक वा आपराधिक समूह के हो भन्ने पुष्टि गर्नुपर्ने ओलीले बताए ।kp oli

‘मधेसी मोर्चा राजनीतिक दल हो कि आपराधिक समूह ?’ होटल याक एन्ड यतीमा आयोजित कूटनीतिक ब्रिफिङमा एमाले अध्यक्ष ओलीले भने, ‘यदि आपराधिक समूह हो भने सरकारले त्यही ढंगले उसँग डिल गर्नुपर्यो‍, होइन भने उसले राजनीतिक चरित्र देखाउनुपर्यो‍ ।’

दुई दर्जन कूटनीतिज्ञलाई बोलाएर ओलीले शान्तिपूर्ण सभा–सम्मेलनका पक्षमा अन्तर्राष्ट्रिय समुदायले आवाज उठाएको भन्दै सराहनासमेत गरेका छन् । कूटनीतिक ब्रिफिङमा एमाले विदेश विभाग प्रमुख माधवकुमार नेपाल, पूर्वगृहमन्त्री एवं पार्टी उपाध्यक्ष भीम रावल, केन्द्रीय सदस्य डा. राजन भट्टराई सहभागी थिए, आजको नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्