०४ असार २०८३, बिहीबार

नेपाल-भारतबीचको बिजुली आदान प्रदान गर्ने सहमति अनुमोदन

माघ ११, २०७५
नेपाल-भारतबीचको बिजुली आदान प्रदान गर्ने सहमति अनुमोदन

काठमाडौँ– नेपाल–भारत ऊर्जा सचिव स्तरीय संयुक्त स्थायी समिति (जेएससी) को छैठौँ बैठकले नेपाल भारतबीचको बिजुली आदान प्रदान गर्ने सहमति (इनर्जी बैँकिङ) लाई अनुमोदन गरेको छ ।

 यस अघि गत पुस महिनामा दिल्लीमा नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणबीच दुई देशबीच ऊर्जा किनबेच गर्नका लागि इनर्जि बैकिङको सहमति भएको थियो । 

सो सहमतिलाई जेएससीले अनुमोदन गरेपछि यो निर्णय कार्यान्वयनमा जाने भएको छ । 

यो निर्णय कार्यान्वायनमा जाँदा नेपाल भारत दुबै देशले आ–आफ्नो आवश्यकता अनुसार बिजुली किनबेच गर्न सक्ने भएका छन् । 

इनर्जी बैकिङ अवधारणा अनुसार विशेष गरी नेपाललाई हिउँदमा बढी आवश्यकता पर्ने बेला भारतले दिने र बर्खाका बेला भारतलाई नेपालले बिजुली दिन सक्ने भएको छ । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्