०५ साउन २०८३, मंगलबार

[अपडेट] सरकार र प्रमुख प्रतिपक्ष आआफ्नै अडानमा, संसदमा मुठभेडको संकेत

[अपडेट] सरकार र प्रमुख प्रतिपक्ष आआफ्नै अडानमा, संसदमा मुठभेडको संकेत
फाइल तश्वीर

काठमाडौं–चिकित्सा शिक्षा विधेयक पारित गर्ने विषयमा सरकार र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अडान यथावत राखेपछि संसदमा मुठभेडको खतरा बढेको छ ।

चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची रहेको प्रतिनिधि सभाको बैठक सूचारु गर्ने विषयलाई लिएर सभामुख कृष्णबहादुर महराले बोलाएको बैठकमा दुवै पक्ष आआफ्नै अडानमा बसेका थिए । 

संसद भवन वानेश्वरमा जारी बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका उपनेता विजय गच्छेदार, प्रमुख सचेतक बालकृष्ण खाँड, सत्तारुढ नेकपाका उपनेता सुवास नेम्वाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ, कानून न्याय तथा संसदीय व्यबस्था मन्त्री भानुभक्त ढकाल उपस्थित थिए ।

दिउसो १ बजे शुरु हुने भनिएको संसद बैठक २ बजेसम्म शुरु हुन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्