१६ असार २०८३, मंगलबार

चिनीले गुलियो बनाउने मात्र होइन, यसका छन् अन्य पनि उपयोग

कात्तिक २०, २०७४
चिनीले गुलियो बनाउने मात्र होइन, यसका छन् अन्य पनि उपयोग
काठमाडौं, २६ फागुन — तपाईंले दैनिक जीवनमा चिनीको उपयोग त गर्नुभएको होला नै तर आज हामी तपाईंलाई चिनीका अन्य उपयोगका बारेमा बताउँदैछौं ।


कुनै पनि कपडामा दाग लागेको छ भने अलिकति पानीमा दुई चम्चा चिनी हालेर मिलाउनुस् । अनि यो गुलियो झोललाई दागमा घोटेर एक घन्टासम्म त्यत्तिकै छोडिदिनुस् । दाग हराउँछ ।

मिक्सरमा मसला वा गन्ध आउने कुरा पिँधियो भने त्यो गनाउन थाल्छ । त्यो मिक्सरलाई नधोइकनै गन्ध हटाउन सकिन्छ । अलिकति चिनी लिएर मिक्सरमा पिँध्नुभयो भने गन्ध गायब हुन्छ ।

फूलहरूलाई ताजा राख्नका लागि तातो पानीमा एक चम्चा चिनी र दुई चम्चा कागतीको रस घोलेर फूलदानीमा राख्नुस् । फूल धेरै दिनसम्म ताजा बस्छन् ।

प्याज लसुन छोडाउँदाखेरी हात गनाउँछ । त्यो गन्ध हटाउन चिनी एकदमै प्रभावकारी हुन्छ । अलिकति चिनीको झोल बनाउनुस् र हातमा माड्नुस् । गन्ध भाग्छ ।

ओसिएर तपाईंका बिस्कुटहरू फ्यास्स भएका छन् भने एउटा स्टोरेज कन्टेनरमा राख्नुस् र त्यसमा चिनीका क्युब हाल्नुस् । यसो गर्दा बिस्कुट फेरि चुरुमचुरुम हुन्छन् ।

घाउ भएको ठाउँमा अलिकति चिनी दल्नुभयो भने घाउ छिटो भरिन्छ अनि कुनै संक्रमण पनि हुँदैन ।
बाडुली लागेको छ भने एक चम्चा चिनी खानुभयो भने बाडुली बन्द हुन्छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्