काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोधका बावजुद चिकित्सा शिक्षा विधेयक अगाडि बढेको छ ।
कांग्रेसको अवरोधका बाबजुद शिक्षा मन्त्री गिरिराजमणि पोखरेल संसद्को रोस्ट्रममा पुगेका छन् । नाराबाजीका बीच सभामुख कृष्णबहादुर महराले प्रस्ताव स्वीकृत भएको घोषणा गरे ।
त्यसक्रममा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । बैठकको शुरूमा कांग्रेसकी सचेतक पुष्पा भुसाल बोलेपछि नाराबाजी शुरू भएको थियो ।