०४ साउन २०८३, सोमबार

महराप्रति खनियो कांग्रेस – पदको आचरण गरेनन्, सरकारको आदेशपालक भए

महराप्रति खनियो कांग्रेस – पदको आचरण गरेनन्, सरकारको आदेशपालक भए

काठमाडौं – आफूहरूको विरोधका बाबजुद चिकित्सा शिक्षा विधेयक पारित गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभामुख कृष्णबहादुर महराप्रति खनिएको छ ।

महराले सभामुखको आचरण पालन नगरेको तथा जालझेलपूर्ण व्यवहार गरेको कांग्रेसले आरोप लगाएको छ । 

शुक्रवार संसदबाट चिकित्सा शिक्षा विधेयक पारित भएपछि संसद भवन परिसरमा पत्रकारहरूलाई प्रतिक्रिया दिँदै विपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले महराले सभामुखको आचरण नगरेको आरोप लगाए । 

‘म प्रधानमन्त्री रहेको समयमा महाकाली सन्धीको समयमा मनमोहनजीहरूले वेल घेर्नुभएको थियो,’ २०५४ सालको घटना सम्झँदै देउवाले भने, ‘सभामुख महराले सभामुख पदको आचरण गरेका छैनन् ।’

कांग्रेस सांसद गगन थापाले सभामुख महराले शुक्रवार जालझेलपूर्ण व्यवहार गरेको आरोप लगाए । ‘सभामुख ज्यूले जलझेलपूर्ण व्यवहार गर्नुभएको छ, सकेसम्म निकास निकाल्छु र तपाईंहरूको विरोध भए सदनको कारवाही अगाडि बढाउदिन भन्नुभएको थियो । यस्तो जालझेल पनि सभामुखको आसनबाट गर्नुपर्छ ? सरकारको आदेशपालकजस्तो विधेयक पारित गर्नका लागि सरकारभन्दा सभामुख लागे ।’

थापाले डा. गोविन्द केसीसँग सहमति भएको ताली बजाएर पारित भएपनि सरकार र सभामुखलाई महंगो पर्ने चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्