
रणबीर आफ्नो आउन लागेको फिल्ममा धेरै मिहेनत गरिरहेका छन् । यो फिल्म अभिनेता सञ्जय दत्तको जीवनीमा आधारित फिल्म हो । जसमा रणबीरले सञ्जय दत्तको भूमिका निभएका छन् । फिल्ममा आफ्नो रोललाई राम्रो बनाउनका लागि रणवीर कपूर एक हप्ता जेलमा विताउने छन् ।
सञ्जय दत्तले तय गरेको छ की उनी सिटी जेलमा एक हप्तामा बसेर जेलमा अनुभवका लागि बास बस्ने छन् । वास्तवमा सञ्जय दत्त अवैध हातियार केसमा पुणेको यरवदा जेलमा लामो समय बसेका थिए । तथा रणवीर स्वयं जेलमा बसेर जलवसाइको अनुभव लिन लागेका हुन् ।
सामाजिक सञ्जालको फ्यान पेजमा फिल्मको शुटिङको लागि भोपाल पुगेका रणवीर कपूर तथा राजकुमार हीरानीले केही तस्वीर सार्वजनिक गरेका छन् ।
यस फिल्ममा अनुष्का शर्मा एक रिपोर्टको भूमिकामा देखापरेकी छिन् । मनीषा कोइराला नरगिस दत्तको भूमिकामा रहेका छन् । १९८१ मा नरगिस दत्तको मृत्यु कैंसर को करणले भएको हो । राजकुमार हिरानी अनुष्का शर्मा तथा परेश रावब १२ मार्च सम्म भोपालको जेलमा रहनेछन् । यस फिल्मको शुटिंग जनवरीमा शुरु भएको छ ।