२४ असार २०८३, बुधबार

सलमान खानको नयाँ फिल्म भारतको टीजर सार्वजनिक, देखिइनन् कट्रिना कैफ

सलमान खानको नयाँ फिल्म भारतको टीजर सार्वजनिक, देखिइनन् कट्रिना कैफ

काठमाडौं — सलमान खान र कट्रिना कैफको अभिनय रहेको फिल्म भारतको टीजर सार्वजनिक भएको छ । टीजरलाई भारतको गणतन्त्र दिवसका अवसरमा सार्वजनिक गरिने अनुमान थियो तर त्यसको एक दिनअघि नै ल्याइयो । 

टीजरमा सलमान पूरै छाएका छन् । अरू कलाकारको खासै झलक देखिएको छैन । भारतमा महत्त्वपूर्ण भूमिका भएकी कट्रिना कैफ समेत टीजरमा देखिइनन् । यसको कारण अहिले सार्वजनिक भएको छ । 

सूत्रहरूका अनुसार, कट्रिना महत्त्वपूर्ण भूमिकामा छिन् । फिल्मको रिलिज ६ महिनाको समय बाँकी छ । ईदको बेलामा यसलाई रिलिज गरिनेछ । त्यसैले तत्कालका लागि कट्रिनाको लूक र रोललाई गोप्यै राख्ने फिल्म निर्माताहरूको उद्देश्य हो । 

कट्रिनाको लूक र क्यारेक्टरसम्बन्धी डिटेलको खुलासा ट्रेलरमा हुनेछ । फिल्म रिलिज हुने बेलातिर ट्रेलर रिलिज गरिनेछ ।

अली अब्बास जफरको निर्देशनमा बनेको फिल्म भारत लामो समयसम्म चर्चामा छ । कट्रिना र सलमान बाहेक फिल्ममा दिशा पाटनी, तब्बु, सुनील ग्रोवर र ज्याकी श्रोफ पनि छन् । वरुण धवनको क्यामियो रोल छ । 

यो कोरियाली फिल्मओड टु माई फादरबाट प्रेरित रहेको चर्चा छ ।

एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्