०७ असार २०८३, आइतबार

जर्मनीमा जानीजानी अपराध गरिरहेछन् युवा, अनौठो छ कारण

जर्मनीमा जानीजानी अपराध गरिरहेछन् युवा, अनौठो छ कारण

काठमाडौं — जर्मनीमा जेल जानका लागि युवाहरू जानाजान अपराध गरिरहेका छन् । 

एक महिला प्रहरी अधिकारी एड्रियन कोलेसजर आफ्नो सुन्दरताका कारण चर्चामा छिन् । उनीनिकट हुनका लागि युवकहरू जानीबुझीकन ससाना अपराध गरिरहेका छन् र उनैले पक्राउ गरून् भन्ने युवकहरूको अपेक्षा छ । 

कोलेसजर इन्स्टाग्राममा एकदमै लोकप्रिय छिन् । उनका लगभग सात लाख फलोअर छन् । 

उनको लोकप्रियताबाट असहज अनुभव गरेर उनका प्रेमीले १० वर्ष पुरानो सम्बन्ध तोडेका छन् । 

प्रहरी विभागले उनलाई सामाजिक सञ्जालबाट टाढा रहन आदेश दिएको छ । 

चौंतीस वर्षीया कोलेसजर फिटनेसमा रुचि राख्छिन् । हप्तामा पाँच दिन उनी जिममा पसिना बगाउँछिन् । फिटनेस र सुन्दरताका कारण उनी सामाजिक सञ्जालमा एकदमै लोकप्रिय छिन् । उनी दिनदिनै कसरत गरेको तस्वीर इन्स्टाग्राममा राख्छिन् । 

उनलाई संसारको सबभन्दा सुन्दर प्रहरी अधिकारीको उपाधि पनि दिइएको छ । 

सन् २०१८ को प्रारम्भतिर प्रहरी विभागले उनलाई ६ महिनाको अवैतनिक छुट्टीमा पठाएका थिए । उनलाई फर्केर आएपछि प्रहरीका रूपमा काम गर्न र मोडल नबन भनिएको थियो । डिसेम्बर महिनामा उनलाई फेरि चेतावनी नोटिस पठाइएको थियो । 

उनलाई आफ्ना तस्वीर सामाजिक सञ्जालमा नहाल्न भनिएको छ किनकि यसबाट अपराध गर्न प्रेरणा प्राप्त भएको बताइएको छ । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्