१४ असार २०८३, आइतबार

विधेयक पारित भएकोमा खुशियाली मनाउँदै विद्यार्थी, डा. केसी अनसन बसेकै ठाउँमा दीप प्रज्वलन

विधेयक पारित भएकोमा खुशियाली मनाउँदै विद्यार्थी, डा. केसी अनसन बसेकै ठाउँमा दीप प्रज्वलन

काठमाडौं- चिकित्सा शिक्षा विधेयक पारित भएकोमा खुशियाली मनाउँदै अनेरास्ववियु केन्द्रिय कमिटी र अनेरास्ववियुका महाराजगञ्ज चिकित्सा क्याम्पस र नर्सिङ समितिले दीप प्रज्वलन गरेका छन् ।

डाक्टर गोविन्द्र केसी अनसन बसिरहेकै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रवेशद्धारमा चिकित्सा शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले विधेयक पारित भएकोमा खुशियाली मनाउँदै दीप प्रज्वलन गरेका हुन् ।

चिकित्सा शिक्षा ऐन नबन्दा चिकित्सा शिक्षाको क्षेत्रमा भद्रगोल भएको भन्दै अब बन्ने ऐनले चिकित्सा शिक्षाको क्षेत्रमा सुधार हुने आशामा मेडिकल शिक्षा अध्ययनरत विद्यार्थीहरुले खुसीयाली मनाएको अनेरास्ववियु महाराजगञ्ज चिकित्सा क्याम्पस समितिका सदस्य डा. पवन ज्ञवालीले बताए । विधेयक पारित भएकाले अब चिकित्सा शिक्षाको क्षेत्रमा सुधार आउने ज्ञवालीको भनाइ छ । 

उनले भने, 'गोविन्द केसी सरले राख्नुभएको माग पनि सम्बोधन भएको हो, चिकित्सा शिक्षा ऐन नभएको अवस्थामा चिकित्सा शिक्षा क्षेत्र भद्रगोल थियो, अब विकृतिहरु हट्छन् भन्ने आशा छ ।'

salt training

कमेन्ट गर्नुहोस्