०९ असार २०८३, मंगलबार

भेनेजुयलामाथि भएको अमेरिकी हस्तक्षेपको प्रचण्डद्वारा निन्दा

माघ १२, २०७५
भेनेजुयलामाथि भएको अमेरिकी हस्तक्षेपको प्रचण्डद्वारा निन्दा

काठमाडौंँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुयला र त्यहाँका जनतामाथि भएको अमेरिका र पक्ष राष्ट्रहरूको हस्तक्षेपको निन्दा गरेका छन् । 

पार्टीकातर्फबाट शुक्रबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो निन्दा गरेका हुन् । 
भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरो लोकतान्त्रिक तरिकाले राष्ट्रपतिमा निर्वाचित भएको स्पष्ट गर्दै उनको पक्षमा ऐक्यवद्धता जनाउन पनि विश्व समुदायलाई आग्रह गरेका छन् । 
भेनेजुयला र त्यहाँका नागरिकको आन्तरिक मामिलामा हस्तक्षेप गरी शान्ति, सार्वभौमिकता र त्यहाँको लोकतन्त्रलाई चुनौती दिने काम भएको भन्दै त्यसो नगर्न पनि उनले आग्रह गरेको आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्