१० असार २०८३, बुधबार

टेन्डर प्रक्रियामा झमेला भएपछि नयाँ मोडल खोज्दै महानगर

माघ १२, २०७५
टेन्डर प्रक्रियामा झमेला भएपछि नयाँ मोडल खोज्दै महानगर

काठमाडौं–रानीपोखरी पुनर्निर्माण गर्न नसकेर आलोचना खेपिरहेको काठमाडौं महानगरपालिकाले नयाँ मोडलमा पुनर्निर्माण गर्ने योजना अघि बढाएको छ। पुनर्निर्माणका लागि मूल्याङ्कन गरेभन्दा बढी रकम प्रस्ताव आएका कारण कामपाले नयाँ मोडालिटीमा जाने निर्णय गरेको हो।

करिब १४ करोड रुपियाँमा टेन्डर आह्वान गर्दा ठेकेदार कम्पनीले करिब १७ करोड रुपियाँमा टेन्डर हालेपछि कामपा अप्ठ्यारोमा परेको थियो।

नयाँ मोडलअनुसार पुनर्निर्माण गर्न कामपाले विज्ञसँग परामर्श शुरू गरेको छ। कामपा सूचना अधिकारी एवं कानुन विभाग प्रमुख वसन्त आचार्यले नयाँ मोडलबाट पुनर्निर्माण गर्ने प्रक्रियाबारे छलफल शुरू भएको जानकारी दिए ।  कामपाले उपभोक्तालाई जिम्मा दिनेगरी उपभोक्ता मोडल, खरिद ऐनअनुसार बोलपत्र आह्वान गर्ने, स्थानीयको सहभागितामा अमानतमा काम लगाउने मोडल, परियोजनामार्फत वा गैरसरकारी संस्थाको सहभागितामा निर्माण गर्ने भन्नेबारे छलफल अगाडि बढाएको छ। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्