
काठमाडौं– सार्वजनिक बसमा युवतीमाथि वीर्यपात भएको घटनामा प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको भिडियोमा पछिल्लो सिटमा बसेका युवकले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ ।
भिडियोमा युवक–युवती दुवैको अनुहार देखिँदैन । ती युवती आफूमाथि भइरहेको गतिविधिबारे अनभिज्ञ देखिन्छिन् । प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ । उक्त घटनाबारे गम्भीर अनुसन्धान होस् भन्दै महिलाहरूको एक समूहले महानगरीय प्रहरी अपराध महाशाखामा लिखित उजुरी दिएका छन् ।
यसैबीच, युवतीमाथि अश्लील हर्कत भएको बा२ख ९३२६ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ । भिडियोका आधारमा उक्त बस शुक्रबार नियन्त्रणमा लिएको हो। ‘बस अपराध शाखामा छ,’ स्रोतले भन्यो, ‘निकृष्ट हर्कत गर्नेको पहिचान अब छिट्टै हुनेछ ।’ उक्त बस ढल्कुदेखि लगनखेल रुटमा चल्ने गरेको प्रहरीले जनाएको छ ।, कान्तिपुरमा खबर छ।