२७ असार २०८३, शनिबार

कर्णालीमा ११५ नयाँ कुष्ठरोगी फेला, तीन जिल्लामा नयाँ राेगी भेटिएनन्

कर्णालीमा ११५ नयाँ कुष्ठरोगी फेला, तीन जिल्लामा नयाँ राेगी भेटिएनन्

सुर्खेत- कर्णाली प्रदेशमा ११५ नयाँ कुष्ठरोगी फेला परेका छन् । कर्णाली प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७४/०७५ ११५ नयाँ कुष्ठरोगी फेला परेको ६६ औँ कुष्ठरोग दिवसका अवसरमा वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश स्वास्थ्य निर्देशनालयले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । 

स्वास्थ्य निर्देशनालयका क्षयकुष्ठ अधिकृत पदम केसीका अनुसार कर्णालीका तीन जिल्लामा नयाँ कुष्ठरोगी भेटिएका छैनन् । जुम्ला, हुम्ला र डोल्पामा कुष्ठरोगी फेला परेनन् भने सबैभन्दा बढी सल्यानमा फेला परे । सल्यानमा ३२, रुकुम (पश्चिम) मा २१, जाजरकोटमा २४, सुर्खेतमा २०, दैलेखमा सात, कालिकोटमा १० र मुगुमा तीन नयाँ कुष्ठरोगी फेला परेका छन् । कर्णालीमा आर्थिक वर्ष २०७२/७३ मा ११९ फेला परेका थिए । 

“नेपालमा हाल १० हजारमा एक जनालाई कुष्ठरोग संक्रमण भएको पाइएको छ”, क्षयकुष्ठ रोग अधिकृत केसीले भन्नुभयो, “सरकारले २०२० सम्म उक्त सङ्ख्यालाई शून्यमा झार्ने लक्ष्य लिएको छ, त्यसैअनुसार हामी कुष्ठरोगी पहिचान गर्न गाउँगाउँमा पुगेका छौँ ।” 

salt training

कमेन्ट गर्नुहोस्