
काठमाडौं – सम्राट शाक्यको डेब्यू निर्देशन रहेको चलचित्र ‘यात्राः अ म्युजिकल भ्लग’को अफिसियल पोष्टरहरु सार्वजनिक गरिएको छ ।
निर्माण युनिटले फष्टलुकको रुपमा एकसाथ चलचित्रको तीन पोष्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमध्ये दुई पोष्टरमा अभिनेता सलिनमान बनियाँ र नव–अभिनेत्री मल्लिका महत्तलाई रोमान्टिक अवतारमा देखाईएको छ । बाँकी एक पोष्टरमा भने सलिनमान र मल्लिकाका साथमा अभिनेता सलोन बस्नेतसहितका कलाकारहरुलाई देखाइएको छ । यस चलचित्रमा सलिनमान एक भ्लगरको भूमिकामा छन् ।

‘जर्नी लभ स्टोरी’ भनिएको चलचित्रले यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । चलचित्रलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रमा सलिनमान, मल्लिका र सलोनको अलवा चलचित्रमा जान्वी बस्नेत, जयनन्द लामा, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल लगायतको अभिनय छ । त्यस्तै विदेशी कलाकार चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेको छ । चलचित्रमा बालकलाकारको रुपमा युट्युवमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् ।
चलचित्रमा निर्देशक स्वयंको कथा छ ।
वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको चलचित्रमा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी छ ।
चलचित्रमा संजय लामाको छायांकन, हिमाल केसीको द्वन्द्ध, बनिश शाहको सम्पादन छ ।
चलचित्र चैत २९ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ ।
