२२ जेठ २०८३, शुक्रबार

प्रधानमन्त्री प्रचण्डको पार्टीले गर्‍यो कञ्चनपुर गोलीकाण्डको विरोधमा बन्दको आह्वान

कात्तिक २०, २०७४
प्रधानमन्त्री प्रचण्डको पार्टीले गर्‍यो कञ्चनपुर गोलीकाण्डको विरोधमा बन्दको आह्वान
काठमाडौं, २७ फागुन–भारतीय सीमा सुरक्षा बलले चलाएको गोलीले कञ्चनपुरमा एक नेपालको मृत्यु भएको विरोधमा माओवादी केन्द्रले सात नम्बर प्रदेश बन्द गरेको छ ।

वन्दका कारण सवारी साधन चल्न सकेका छैनन् भने माअाेवादी केन्द्रका नेता कार्यकर्ता सडकमा उत्रिएका छन् । 

भारतीय सुरक्षाकर्मीको गालीबाट विहीबार कञ्चनपुरमा गाेविन्द गौतम मारिएको विरोधमा शुक्रबार विहानैदेखि प्रदेश नम्बर सात बन्द गरेको हो ।

प्रदेश नम्बर सातका इन्चार्ज लेखराज भट्टले विज्ञप्ती जारी गर्दै वन्दको आह्वान गरेका हुन् । माओवादीले गौतम आफ्नो कार्यकर्ता भएको विज्ञप्तीमा जनाएको छ ।

माओवादी केन्द्रले पुर्नवास नगरपालिका नगर सदस्य गोविन्द गौतम माओवादी केन्द्रका नगर सदस्य रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्