२३ असार २०८३, मंगलबार

सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ, गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ, गर्‍यो प्रधानमन्त्रीको पुत्ला दहन

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध आइतबार विरोध प्रदर्शन गरेको छ । 

चिकित्सा शिक्षा विधेयक संसदबाट पास गरेको विरोधमा नेविसंघका कार्यकर्ताहरुले बिहान राजधानीको पशुपति क्याम्पस अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । 

माउ पार्टीले आन्दोलनको चेतावनी दिइरहेका बेला नेविसंघले विरोधको कार्यक्रम गरेको हो । नेविसंघका नेता तथा कार्यकर्ताहरुले गरेको प्रदर्शनका कारण केहीबेर पशुपति क्याम्पसअगाडिको सवारी आवागमनसमेत प्रभावित बनेको थियो । 

नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानबिन गर्न पनि माग गरेको छ ।

तस्वीर : यूपी लामिछानेकाे फेसबुकबाट

salt training

कमेन्ट गर्नुहोस्