
काठमाडौं, २७ फागुन– दक्षिण कोरियाकी राष्ट्रपति पार्क ग्यून हेईलाई पदबाट हटाइएको छ । उनीमाथि भ्रष्टाचार तथा पदको दुरुपयोग गरेको आरोप लगाएको छ ।
ग्यून भ्रष्टाचारी भएको भन्दै लाखौं मानिस सडकमा आएका थिए । उनीहरुले राष्ट्रपतिले राजिनामा दिनुपर्ने माग गर्दै आएका थिए ।
न्यायाधीशले संसदको फैसलालाई समर्थन जनाएका छन् । संसदले भ्रष्टाचार काण्डमा गुन हेकीको भूमिकाका लागि उनी विरुद्ध महाअभियोग चलाउने मञ्जुरी दिएको थियो ।
उनले अब राष्ट्रपतिको हैसियतमा मिल्ने विशेषअधिकार खोसिएका छन् र उनी विरुद्ध मुद्दा चलाउन पनि सकिनेछ ।
पदबाट हटाइएसँग पार्क दक्षिण कोरियाकी पहिली राट्रपति बनेकी छिन्, जो लोकतान्त्रिक तरिकाबाट चुनाव जितेर पदमा पुगेकी थिइन् । र, पद छाड्न बाध्य भइन् ।