१६ असार २०८३, मंगलबार

विराटनगरमा बालिकाको शव फेला

विराटनगरमा बालिकाको शव फेला

विराटनगर – विराटनगर महानगरपालिका–८ मधुमारा वलुवाईमा १ बालिकाको शव फेला परेको छ ।

राति ८ बजे छिमेकीको घरमा टीभी हेर्न गएकी बालिका घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको आफन्तले बताएका छन् ।

राति टिभी हेरेर कोठामा नै सुतेको हुनसक्ने भन्दै अभिभावकले राति कुनै खोजी नै नगरेको र बिहान छोरी घरमा नभएपछि खोज्ने क्रममा बालिका सिँगिया खोलाको किनारमा मृत अवस्थामा फेला परेको मृतक बालिकाका बुवा रामप्रसादले बताए ।

उनको भेटिएको शवको मुखबाट रगत बगेको पाइएकोले बालिकाले आत्महत्या नगरी कसैले हत्या गरेको  आरोप छ । उनको शव निर्वस्त्र अबस्थामा फेला परेको समेत प्रहरीले जनाएको छ ।

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्