१३ असार २०८३, शनिबार

भक्तपुरमा मुखमा माक्स लगाएर आएकाले नगद तथा मोबाइल लुटे

भक्तपुरमा मुखमा माक्स लगाएर आएकाले नगद तथा मोबाइल लुटे

भक्तपुर-    सूर्यविनायक नगरपालिका-१० सांगामा भक्तपुर सूर्यविनायक नगरपालिका-५ कटुन्जे बस्ने सिन्धुपाल्चोक चौतारा नगरपालिका-१ की २५ वर्षीया जमुना अधिकारीको साथबाट मोबाइल १ थान र नगद करिब ४ हजार ५ सय रूपैयाँ लुटपाट  भएको छ । 
मुखमा माक्स लगाएर आएका अपरिचित ३ जनाले बा.८७ प ४३२४ नम्बरको स्कुटीकी चालक जमुनालाई लुटपाट गरेर फरार भएका हुन् ।      
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्