०५ असार २०८३, शुक्रबार

भेनेजुयलाबारे संयुक्त राष्ट्रसंघको चासो, तनाव अन्त्यका लागि आह्वान

भेनेजुयलाबारे संयुक्त राष्ट्रसंघको चासो, तनाव अन्त्यका लागि आह्वान

काठमाडौं– संयुक्त राष्ट्रसंघका उच्च राजनीतिक अधिकारीले शनिबार सुरक्षा परिषद्मा भेनेजुयलाको राजनीतिक सङ्कट समाधान गर्न वार्ता तथा सहकार्यको खाचो रहेको बताएका छन् । 

“हामीले भेनेजुयलाका जनताले शान्ति र सम्वृद्धि तथा मानव अधिकारको प्रत्याभूत गराउनका लागि राजनीतिक समाधान खोज्नुपर्ने अवस्था आएको छ,” राष्ट्रसंघका उच्च राजनीतिक तथा शान्तिनिर्माण मामिला अधिकारी तथा उप महासचिव रोजमेरी डिकार्लोले बताए । 

भेनेजुयलामा गत हप्ताको बुधबार विपक्षी नेता हुँवा गुइडोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि यसबाट सिर्जित अवस्थाबारे छलफलका लागि बोलाइएको १५ सदस्यीय सुरक्षा परिषद्को बैठकमा डिकार्लोको उक्त भनाइ आएको हो । 

भेनेजुयलाको राष्ट्रपतीय निर्वाचनबाट चुनिएर आएका राष्ट्रपति निकोलास मदुरोले राष्ट्रपतिको कार्यभार पुनः सम्हालेको दुई हप्तामै प्रतिपक्षी नेता गुइडोले आफुलाई राष्ट्रपति घोषणा गरे पछि गुइडोको पक्ष तथा विपक्षमा विश्वका विभिन्न मुलुकहरूले भनाइहरू राखेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्