१७ असार २०८३, बुधबार

गिट्टी, बालुवा चाल्ने र माछा मार्ने बाेटे बालबालिका विद्यालय जान थाले

गिट्टी, बालुवा चाल्ने र माछा मार्ने बाेटे बालबालिका विद्यालय जान थाले

गाईघाट-  तीन वर्ष अघिसम्म उदयपुरको त्रियुगा नगरपालिकाको पुरानो गाईघाटको बोटे टोलका अधिकांश बालबालिका त्रियुगा नदी किनारमा गिट्टी, बालुवा चाल्न तथा माछा मार्न जाने गरेकामा अहिले विद्यालय जान थालेका छन् ।

स्थानीय विद्यालयको पहल र केही समाजसेवीको सक्रियतामा झण्डै ३० घर बोटेका बालबालिका निन्तर स्थानीय विद्यालयमा गएर पठनपाठन गर्न थालेका हुन् । केही वर्ष अघिसम्म पढाउनुुपर्छ भन्ने चेतनाको विकास नभएको र गरीबीका कारण ५० प्रतिशत मात्र बालबालिका विद्यालय जाने गरेको जनप्रेमी निमावि प्रधानाध्यापक शैलेन्द्रकुमार खतिवडा बताउनुहुन्छ ।

विद्यालय, जनप्रतिनिधि तथा समाजसेवीको निरन्तर पहलपछि अहिले बोटेटोलका शतप्रतिशत बालबालिका विद्यालय जाने गरेको उहाँको भनाइ छ । स्थानीयवासी ७८ वर्षीय नरमान बोटे भन्नुहुन्छ, “हाम्रा पुर्खा सुनकोशी किनारमा बस्थे, पुख्र्यौली पेशा डुङ्गा चलाउने र माछा मार्ने भएका कारण आफूहरुले पढ्न पाइएन, छोराहरुले समेत पढ्न सकेनन् तर नातिनातिनी भने अहिले स्कूल जान थालेकाले खुशी लागेको छ ।” आफ्ना दुई नाति र एक नातिनीसमेत अहिले निरन्तर विद्यालय गइरहेको उहाँ बताउनुहुन्छ । 

अर्का ५६ वर्षीय चरिकुमारी बोटेको भनाइ छ “गरीबीका कारण खोलाको गिट्टी, बालुवा चालेर घरपरिवार चलाउन बाध्य थियौँ तर स्थानीय स्कूलका सर आएर नानीहरुलाई स्कूल पठाउन पटक–पटक कर गर्नुभयो, सबै छिमेकीले पनि नानीहरु पठाउन थालेकाले आफूले पनि बाध्य भएर विद्यालय पठाइरहेको छु ।” 

salt training

कमेन्ट गर्नुहोस्