२३ जेठ २०८३, शनिबार

वित्तीय साक्षरताको लागि ग्लोबल आईएमई बैंक लिमिटेडको प्रभातफेरी

वित्तीय साक्षरताको लागि ग्लोबल आईएमई बैंक लिमिटेडको प्रभातफेरी

काठमाडौं – ग्लोबल आईएमई बैंकले १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको अवसरमा विगतका वर्षजस्तै यस वर्ष पनि विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

१२ औं वार्षिकोत्सवको अवसरमा बैंकले २०७५ माघ १२ गते राजधानीमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्रभातफेरी कार्यक्रमको आयोजना गरेको छ ।

‘बचत गरौं’ भन्ने मूल नाराका साथ काठमाडौंमा आयोजना गरिएको प्रभातफेरी कार्यक्रममा बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत लगायत उपत्यकामा कार्यरत कर्मचारीको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरी कार्यक्रम बैंकको कान्तिपथ शाखादेखि शुरू भएर दरबारमार्ग, घण्टाघर, रत्नपार्क, शहीद गेट, न्यूरोडगेट, वीर हस्पिटल, जमल हँुदै पुनः कान्तिपथ शाखामा नै आएर समापन गरिएको थियो ।

बैंकले काठमाडौं उपत्यकामा मात्र नभएर काठमाडौं बाहिर विराटनगर, लहान, नारायणघाट, बुटवल, पोखरा, नेपालगञ्ज लगायतका स्थानमा पनि प्रभातफेरी कार्यक्रमको आयोजना गरेको थियो । 

१२ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा बैंकले यसअघि रक्तदान एवं निःशुल्क मधुमेह परीक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । २०६३ पुस १८ गतेबाट सञ्चालनमा आएको ग्लोबल आईएमई बैंकले स्थापनाको छोटो अवधिमै अलग पहिचान बनाउन सफल भएको छ । स्थापनाको १ दशकको अवधिमा ग्लोबल आईएमई बैंकले बैंक अफ द इयर अर्वाड, बेस्ट इन्टरनेट बैंकिङ अर्वाड र बेस्ट इम्प्लोयर अवार्ड लगायतबाट समेत सम्मानित भइसकेको छ ।

१ सय ३३ शाखा, १ सय ४२ एटीएम, ३ वटा देशमा सम्पर्क कार्यालय, ७ वटा एक्टेन्सन काउन्टर, १ सय १७ शाखारहित बैंकिङ सेवा रहेको ग्लोबल आईएमई बैंकले  ९ लाख ५० हजारभन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ ।

बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्टे«लिया, बेलायत र भारत लगायत मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्