०५ असार २०८३, शुक्रबार

एक डेलिभरी ब्वाइ बने भाइरल- कसैले भने जिनियस, कसैलाई लाग्यो कामचोर !

एक डेलिभरी ब्वाइ बने भाइरल- कसैले भने जिनियस, कसैलाई लाग्यो कामचोर !

किनमेलका लागि अनलाइन बजार विश्वभर सबैभन्दा प्रभावकारी मानिन थालेको छ । विकसित देशहरूमा सबैभन्दा बढी किनमेल अनलाइनमार्फत् नै हुन्छ ।

नेपालमा समेत अनलाइनबाट सामान खरिद गर्ने क्रम बढेको छ । यसरी सामान खरिद गर्दा सुपथ मूल्यमा पाइने र घरमै सामान आउने सुविधाले ग्राहकहरू आकर्षित छन् ।

यसैक्रममा होम डेलिभरीको एक भिडियो चर्चामा आएको छ । जसमा होम डेलिभरी भन्नेवित्तिकै तपाईंको दिमागमा आउनेभन्दा अलि फरक दृष्य देख्न सकिन्छ ।

जर्मन फेसन ब्राण्ड Hermes का एक डेलिभरी ब्वाइले भ्यानबाट सामान घरको दोस्रो तल्लामा फाल्दै गरेको भिडियो तथा फोटो भाइरल बनेको छ ।

उक्त डेलिभरी ब्वाइ भ्यानमाथि चढ्छ अनि घरको दोस्रो तल्लाको बरण्डामा सामान फाल्छ । अनलाइन सपिङ गर्दा कार्डमार्फत् नै भुक्तानी भइसकेकाले यसरी सामान फालेर जाँदा पनि फरक नपर्ने उसले सोचेको हुन सक्छ ।

फुट्ने सामान नभएकाले क्षति त हुँदैन तर उसको उक्त कदमलाई लिएर सामाजिक सञ्जालमा दुईथरि प्रतिक्रिया आइरहेको छ ।

कतिपयले उसलाई  जिनियस भनेका छन् भने कतिपयले काम चोरको संज्ञा दिएका छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्