०४ असार २०८३, बिहीबार

पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना

पूर्वयुवराज पारस शाहलाई हृदयघात, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं – पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ ।

उनलाई थापाथलीस्थित नर्भिक अस्पतालको आकस्मिक उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ ।

ललितपुरको पाटन दरबार क्षेत्रस्थित शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किएपछि शाहलाई हृदयघात भएको जनाइएको छ ।

नर्भिकको आईसीयूमा भर्ना भएका शाहको मुटुरोग विशेषज्ञ डा. यादव भट्ट नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्