२२ जेठ २०८३, शुक्रबार

‘घुम्न भनी मन्दिर लगेका थिए, फर्किँदा वलात्कार गरे’

‘घुम्न भनी मन्दिर लगेका थिए, फर्किँदा वलात्कार गरे’

सप्तरी–हरीले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो सनाबुलविरुद्ध आज उजुरी दर्ता गरेको छ । 

अग्नीसाइर कृष्णासवरन गाउँपालिकास्थित शनि मन्दिर घुम्न भनी फकाइ मोटरसाइकलमा शनिबार लगेका आरोपितले मन्दिर घुमेपछि साँझ आफ्नो साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफूसँग हिँडन बाध्य पारेको उनले बताइन् । घटनाका बेला विशालसहित परिवारका सदस्य कोही पनि घरमा थिएनन । 

पीडितले होहल्ला गरेको सुनेर घटनाका बारेमा थाहा पाएका छिमेकीले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका हुन् । पीडितका बुबाले आइतबार दिएको उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक विष्णुप्रदीप बस्यालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्