०४ असार २०८३, बिहीबार

हत्या गरेको अवस्थामा खोला किनारमा भेटिएकी बालिको शब आफन्तले बुझे

हत्या गरेको अवस्थामा खोला किनारमा भेटिएकी बालिको शब आफन्तले बुझे

विराटनगर– बलुवाही सिंघीया खोला किनारमा शंकास्पद अवस्थामा मृत फेला परेकी बालिका रुपमती दासको शव परिवारले बुझेका छन् । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका शंकास्पद आधा दर्जन जति व्यक्तिलाई सोधपुछका लागि नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।   

आइतवार दिउँसो मृत फेला परेकी दासको शव धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टर्माटमपछि परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने भएकाले मृत्युको कारण खुल्न नसकेको बताए ।  उनले बालिका मृत्युको घटनालाई सूक्ष्म रुपमा अनुसन्धान भइरहेको जानकारी दिए । 

११ वर्षीया बालिका रुपमती दासको शव आइतबार दिउसो घरभन्दा ५ सय मिटर दक्षिण–पूर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । बालिका शनिवार साँझ छिमेकीको घरमा टिभि हेर्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी थिइन् । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्