काठमाडौं -काठमाडौं, पोखरा र सौराहाका होटल तथा रेस्टुरेन्टहरूले अब सेवा शुल्कका रूपमा अतिरिक्त रकम नअसुल्ने भएका छन् । यसअघि रेस्टुरेन्टहरूले उपभोक्ताले खर्च गरेको कुल रकमको १० प्रतिशत सेवा शुल्कका रूपमा अतिरिक्त लिने गरेका थिए ।
रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबानले सेवाबापत लिइने अतिरिक्त शुल्क नलिने निर्णय गरेको हो ।
'रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेबान (काठमाडौं, पोखरा र सौराहा)को मिति २०७५ माघ १४ गते काठमाडौंमा सम्पन्न बृहत भेलाले रेस्टुरेन्ट तथा बारहरूमा लगाउँदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क उपभोक्ताहरूबाट भएको चौतर्फी विरोध तथा असन्तुष्टिका कारण उपभोक्ता हित तथा अनुरोधलाई ध्यानमा राखी आजको मितिदेखि क्रमिक रूपमा लागू हुने गरी सेवा शुल्क हटाउने निर्णय गरिएको छ,' रेबानद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'आजको निर्णयसँगै काठमाडौं, पोखरा र सौराहाका बार तथा रेस्टुरेन्टमा सेवा प्रयोग गरेबापत कुनै सेवा शुल्क लिइने छैन ।'
हेर्नुहोस्, विज्ञप्ति :
