१९ असार २०८३, शुक्रबार

शिव परियारको ‘आँशुको अर्थ’लाई करोड भ्यूज

शिव परियारको ‘आँशुको अर्थ’लाई करोड भ्यूज

काठमाडौं- आधुनिक गायक शिव परियारको स्वर रहेको ‘आँशुको अर्थ’ बोलको गीतलाई युट्युबमा एक करोड बढी दर्शक मिलेको छ । 

यही ‘आँशुको अर्थ’ गीतबाट गायक शिवले रेडियो कान्तिपुरद्वारा आयोजना गरिएको नेशनल म्युजिक अवार्डमा यस बर्षको सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड समेत जित्न सफल भएका छन् ।

गायक परियारको ‘पिलायो साथीले’बोलको गीत पनि यस अघिनै करोड क्लवमा प्रवेश गरिसकेको छ । 

‘आँशुको अर्थ’ गीतलाई संचारकर्मी रबि अधिकारीले लेखेका हुन् । भने संगीत टंक बुढाथोकीको रहेको छ । ‘आँशुको अर्थ’ को भिडियोमा नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको छ  । निकेश खड्काको निर्देशक रहेको यस भिडियोमा बुद्ध थापाको छायांकन र धमला बिकाशको सम्पादन रहेको छ ।

गायक शिवको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह  ‘शिवालय’ मा समाबेश  गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्