०४ असार २०८३, बिहीबार

कल बाइपास गर्ने उपकरणसहित एक भारतीय नागरिक पक्राउ

कल बाइपास गर्ने उपकरणसहित एक भारतीय नागरिक पक्राउ

राँझा –नेपालगञ्ज नाकाबाट कल बाइपास गर्ने उपकरणसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय जमुनाहाको टोलीले सोमबार नेपालबाट भारततर्फ जाँदै गर्दा कल बाइपास गर्ने विभिन्न उपकरणसहित भारत मध्यप्रदेश जवलपुरका ओरुब चटर्जीलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक वसन्त बस्नेतले जानकारी दिए ।

चटर्जीको साथबाट कल बाइपास गर्ने उपकरण, एनसेलको १० र नेपाल टेलिकमका दुई थान सीम तथा भारतीय नंका सीमकार्ड नौ थान, एटिएम कार्ड, तीन थान मोबाइल र एक थान ल्यापटप बरामद गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्