२५ जेठ २०८३, सोमबार

पाँचथरस्थित भारतीय सीमा पुगी हिँउमा टेकेर नयाँ शक्तिले थाल्यो एक महिने जनसंवाद यात्रा

पाँचथरस्थित भारतीय सीमा पुगी हिँउमा टेकेर नयाँ शक्तिले थाल्यो एक महिने जनसंवाद यात्रा

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालले एक महिना जनसंवाद यात्राको थालनी गरेको छ ।

पार्टी संयोजक डा. बाबुराम भट्टराईको नेतृत्वमा सुदूरपूर्वी जिल्ला पाँचथरको चिवाभञ्ज्याङबाट मंगलवार जनसंवाद यात्राको थालनी भएको नयाँ शक्ति नेपालका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए ।

एक महिनासम्म चल्ने जनसंवाद यात्रा नेपाल-भारत सीमास्थित चिवाभञ्ज्याङबाट मध्यपहाडी/पुष्पलाल लोकमार्ग हुँदै पश्चिमतर्फ बढ्ने छ ।

यात्राको थालनी गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले असल राजनीतिको विकास र असल राजनीति गर्ने पार्टी निर्माणका लागि जनसंवाद यात्रा थालिएको बताए । 

यात्राको उद्देश्य सबैका लागि समावेशी विकास पनि भएको उनको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्