
महोत्तरी–महोत्तरी जिल्लाको पिपरा गाउँपालिकामा सार्वजनिक खरिद प्रक्रियाको विषयमा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । सेन्टर फर मिडिया फ्रिडमको आयोजना तथा पीपरा गाउँपालिकाको सहकार्यमा सम्पन्न कार्यक्रममा सहभागिहरुले विकास निर्माणका काममा अवलम्बन गरिनुपर्ने सार्वजनिक खरिद प्रक्रियाबारे चासो राखेका थिए ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष विनोद कुमार चौधरीले सार्वजनिक खरिद प्रक्रियाबारे धेरै कुरा थाहा नहुदा समस्या रहेको बताए । ‘समय कम भएकाले वार्षिक खरिद योजना बनाउन सकिएन । तर अब आगामी दिनमा खरिद योजना बनाएर सोही अनुसार खरिदको काम गर्नेछौं’ चौधरीले भने ।
पिपरा गाउँपालिकाकी प्रशासकीय अधिकृत रञ्जिता झाले गाउँपालिकामा भएको खर्च सार्वजनिक खरिद ऐनअन्तर्गत नै भएको बताइन । कार्यक्रममा स्थानीय सरकार तथा सुशासन विज्ञ गुरुप्रसाद सुवेदीले सार्वजनिक खरिद प्रक्रियाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
हेर्नुहोस् भिडियो रिर्पोट :-