१५ असार २०८३, सोमबार

ग्रीन लाइफ हाइड्रोको आईपीओ आउँदै, कहिलेबाट पाइन्छ भर्न ?

ग्रीन लाइफ हाइड्रोको आईपीओ आउँदै, कहिलेबाट पाइन्छ भर्न ?

काठमाडौं – ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आईपीओ) बिक्री गर्ने भएको छ । 

कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । 

दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।

कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ ।

केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा सो कम्पनीको अवस्था औसत रहेको भन्दै ग्रेड चार दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्