२९ जेठ २०८३, शुक्रबार

सुन काण्डमा मुछिएका विमानस्थलका रेडियो अपरेटर श्रेष्ठविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

सुन काण्डमा मुछिएका विमानस्थलका रेडियो अपरेटर श्रेष्ठविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणमा संलग्न रहको अभियोगमा निलम्बित त्रिभुवन विमानस्थलका रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १४ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

श्रेष्ठले पदमा रहँदा १४ करोडभन्दा बढी गैरकानूनी सम्पत्ति आर्जन गरेको देखिएको भन्दै अख्तियारले मंगलवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

'निज श्यामकृष्ण च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रूपमा आर्जन गरेका सम्पत्तिहरू बदनियत साथ राखेको तथा लुकाए-छिपाएको माथि विवेचित आधार कारण र प्रमाणहरूबाट देखिन आएको हुँदा निजहरूको नाममा रहेका नखुलेको चलअचल सम्पत्तिहरू जफत गरी पाउन मागदाबी लिई र सो चल अचल सम्पत्तिहरू जफत गर्ने प्रयोजनको लागि बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ, भाइबुहारी रविना प्रधानाङ्ग, श्रीमतीहरू तारादेवी श्रेष्ठ र रेखा श्रेष्ठलाई समेत प्रतिवादी कायम गरिएको छ,' अख्तियारका प्रवक्ता रामेश्वर दंगालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्