०६ साउन २०८३, बुधबार

गिरिजाप्रसाद र सुशील कोइरालाको नाम जोडिएका अस्पताल संघ मातहत ल्याउने निर्णय

गिरिजाप्रसाद र सुशील कोइरालाको नाम जोडिएका अस्पताल संघ मातहत ल्याउने निर्णय

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको चर्को विरोधपछि सरकारले स्व. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले तनहुँमा रहेको गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहत ल्याउने निर्णय गरेको हो । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आइतवार साँझ भएको भेटवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीले कोइरालाको अस्पताल केन्द्र सरकार मातहत ल्याउने आश्वासन दिएका थिए । आफ्नो नेताको नामका अस्पताल खारेजीमा लैजाने तयारी गरेको भन्दै कांग्रेसले संसद बैठकमा अवरोध गर्दै आएको छ । 

दुवै अस्पताललाई संघ मातहत राखेर विकास समिति गठन गर्ने निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो ।

salt training

कमेन्ट गर्नुहोस्