काठमाडौं, २७ फागुन–नेपाल मामिलाका जानकार भारतीय प्राध्यापक एसडी मुनीले कञ्चनपुर प्रकरणमा भारतले भूल गरेको बताएका छन् । मुनीले सामाजिक सञ्जाल ट्वीटरबाट आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

नेपाल मामिलाका जानकार मुनीले आफ्नो ट्वीटमा कञ्चनपुरमा नेपालीको हत्या हुने गरि भारतीय सीमा सुरक्षा बलले गोली चलाउनु महाभूल भएको बताएका छन् ।
‘सीमा सुरक्षाबलले जमीन विवादको विषयमा एक नेपाली नागरिकमाथि गोली प्रहार गरी हत्या गरेर महाभूल गरेको छ ।’ मुनी लेख्छन्,‘भारतले तत्काल नेपालसँग माफी मागेर क्षतिपूर्ति दिनुपर्छ ।
यसअघि बिहीबार नेपालस्थित भारतीय राजदूतावासले भारतीय सुरक्षा बलले गोली नचलाएको दाबी गरेको थियो ।
सीमा क्षेत्रमा कलभर्ट बनाउने विषयमा विवाद हुँदा भारतीय सुरक्षा निकायले नेपाली माथि गोली चलाएको थियो । गोली लागि घाइते भएका गोविन्द गौतमको उपचारको क्रममा निधन भएको थियो । ।’