१३ असार २०८३, शनिबार

थारु संस्कृति जोगाउन सौराहामा‘फगुवा महोत्सव’

कात्तिक २०, २०७४
थारु संस्कृति जोगाउन सौराहामा‘फगुवा महोत्सव’

रत्ननगर, चितवन, २७ फागुन –थारुको मौलिक संस्कृति जोगाउन चितवनको सौराहामा शुक्रवारदेखि पहिलो ‘फगुवा सांस्कृतिक महोत्सव’ सुरु भएको छ ।

प्याराडाइज युवा क्लब सिवार र थारु सांस्कृतिक सङ्ग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीद्वारा संयुक्तरुपमा उक्त महोत्सव सुरु गरिएको हो ।

लोपोन्मुख बनेको थारुको मौलिक संस्कृति फगुवा पर्व जोगाउन यो वर्षबाट फगुवा महोत्सव आयोजना गरिएको सङ्ग्रहालयका संरक्षक वासुदेव चौधरीले जानकारी दिए ।

महोत्सवअन्तर्गत आज मध्याह्न १२ बजे सौराहाको गैँडा चोकबाट हात्तीसहित विभिन्न संस्थाका प्रतिनिधिहरु आफ्नै मौलिक पोसाकमा सजिएर फागु खेल्दै शोभायात्रा निकालिएको छ ।

थारुहरुले आफ्नै पोसाकमा फगुवा नाचसहित डम्फु तथा लाठी नाच प्रदर्शन गरेका थिए भने एक अर्कामा होली लगाएर मनोरञ्जन गरे । फागूपूर्णिमा आउन दुई दिन बाँकी रहेका बेला सौराहामा भने आजै फागु उत्सव भएको छ ।

सांस्कृतिक कार्यक्रम संयोजक दिपेश चौधरीले भोलिसम्म चल्ने फागु महोत्सवले थारुको मौलिक संस्कृति जोगाउन सहयोग पुग्ने बताए ।

महोत्सवका अवसरमा विविध सांस्कृतिक कार्यक्रम र प्रतियोगितात्मक कार्यक्रम हुने जनाइएको छ । यसअघि चितवनको खैरहनीमा थारुले माघीको अवसरमा खिचरा महोत्सव गरेर संस्कृतिको जगेर्ना गर्दै आएका छन् ।

आफ्नो मौलिक परम्परा कायम राख्न मेला महोत्सवले सहयोग गर्ने महोत्सव संयोजक मगरा महतोले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्