०८ असार २०८३, सोमबार

एमाले अखिलमा ओली-नेपाल गुट विवाद, छुट्टाछुट्टै कार्यविभाजन

कात्तिक २०, २०७४
एमाले अखिलमा ओली-नेपाल गुट विवाद, छुट्टाछुट्टै कार्यविभाजन
काठमाडौं, १ पुस । नेकपा एमाले निकटको अनेरास्वियुमा गुटगत विवाद सतहमा आएको छ । पार्टी नेताहरुले गुटगत विवाद नरहेको दावी गरिहेपनि भ्रातृ संगठनमा भने गुटको विवाद सहतहमा आएको छ । 

एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षधर विद्यार्थीबीच कार्यविभाजमा विवाद रहँदै आएको थियो ।

नेता माधव नेपाल पक्षधर विद्यार्थी नेताले शुक्रबार उपत्यका स्तरीय कार्यकर्ता भेला आयोजना गर्दै कार्य बिभाजनसहितको सर्कुलर जारी गरेका हुन् ।

यस अघि मंसिर २८ गते अखिल महासचिव ऐन महरले कार्यबिभाजनसहितको सर्कुलर जारी गरेका थिए । महरले एकपक्षिय रुपमा संगठन सञ्चालन गर्ने प्रयास गरेको, बिधान उल्लंघन गरेको आरोप लगाउँदै छुट्टै सर्कुलर जारी गरेको हो ।

‘हामीले संगठनलाई बिधी र प्रक्रियाबाट सञ्चालन गर्नु पर्छ भन्दै आएका छौं, बिधान र बैठकका निर्णयका विरुद्ध महासचिवले एक लौटीरुपमा सर्कुलर जारी गरेपछि संगठनका हितमा हामीले नयाँ सर्कुलर जारी गर्नु परेको छ’, भेलालाई सम्बोधन गर्दै अखिल सचिव सुदेश पराजुलीले भने ।

कार्यकर्ता भेलामा माधव नेपाल पक्षको प्रतिनिधित्व गर्ने सचिवालय सदस्य, केन्द्रिय सदस्य तथा अन्य कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

तीन जना सचिवहरुले हस्ताक्षर गरेको सर्कुलरमा कार्यबिभाजन समेत समेटिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्