२६ असार २०८३, शुक्रबार

अमेरिकामा स्वामीनारायण मन्दिरमा तोडफोड, सर्वत्र भर्त्सना

अमेरिकामा स्वामीनारायण मन्दिरमा तोडफोड, सर्वत्र भर्त्सना

काठमाडौं — अमेरिकाको केन्टकी राज्यमा जातिवादी घृणाको उदाहरणस्वरूप एक हिन्दू मन्दिरमा तोडफोड भएको छ । 

भगवानको मूर्तिमा कालो रंग पोतिएको छ र मुख्य हलमा राखिएको कुर्सीमा चक्कु गाडिएको छ । 

लुइभिल शहरमा रहेको स्वामीनारायण मन्दिरमा मंगलवार राति यो घटना भएको हो । 

स्थानीय सञ्चारमाध्यममा आएका खबरअनुसार, मन्दिरका झ्याल फुटाइएका छन्, पर्खालहरूमा गालीगलौज लेखिएको छ र चित्र बनाइएको छ । 

अधिकारीहरूले यसलाई जातिवादी घृणाको अपराधका रूपमा लिएर अनुसन्धान गरिरहेका छन् । 

घटनाको निन्दा गर्दै लुइभिसका मेयर ग्रेग फिशरले शहरका मानिसलाई घृणा अपराधविरुद्ध उभिन आग्रह गरे । बुधवार घटनास्थलको निरीक्षण गरेपछि फिशरले आफूहरू घृणावादको विपक्षमा रहेको बताए । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्